न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ । मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ […]
मनोज बनैता सिरहा, ५ जेठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारमाथी ठूलो प्रहार गरेको छ । उनले यस्तो आरोप लगाए जनताले हेराफेरीवाललाई समर्थन गरि भारतका दिल्ली मुख्यमन्त्री केजरीवाल जस्तो ब्यवस्था आउने कल्पना गर्नु ब्यर्थ हो । डा राउतका अनुसार प्रदेश सरकारले एक एक पोखरी सौन्दर्यीकरण (“कार्यकर्ता-पालन”) को नाममा ७-७ करोड़ बजेट विनियोजन […]
मनोज बनैता सिरहा, २ जेष्ठ। प्रतिनिधीसभा सांसद तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिएका छन । हाल खाधान्न वितरणको सवालमा अनेक टीका टिप्पणी हुँदैगरेकोले विपन्नलाई रोजगारी दिन सके तिनीहरूलाई सकसको अनुभुती नहुने अरगरियाको तर्क रहेको छ । उनी दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१ जेठ। जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् प्रतिनिधीसभा सदस्य सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् । प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा धनुषाको पुर्वी क्षेत्र कमला नदिको बान्ध मल्हनिया र […]
मनोज बनैता सप्तरी,१ जेष्ठ । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले धोती र गमछा लाउनेहरु हैन बरु दौरा सुरुवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाएका छन् । यादवले सरकार संग लिपुलेकको जग्गा मिचेको जानकारी हुदाहुदै बाहिर नल्याएको भनी आक्रोश पोखेका हुन । राष्ट्रसभामा बोल्दै यादवले भने ‘कोसी, गण्डकी, महाकाली र टनकपुर जस्ता सम्झौताहरु […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,३१ बैशाख । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा अप्रत्यासित रुपमा वृद्धि भएपछि प्रदेश सरकारले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज बसेको उच्चस्तरीय समितिको बैठकले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने र प्रदेशको सिमानामा थप कडाइ, सीमापारिको आवतजावतलाई निरुत्साहित गर्न प्रचारप्रसार तीव्र बनाउने […]
न्यूजमधेश सम्बादाता लहान ,२६ बैशाख । सिरहाको औरही गाउंपालिकाले राहत वितरणको नाममा भ्रष्टाचार गर्न लागेको छ । गाउपालिका अध्यक्ष सिद्धार्थ यादवले सरकारको निर्देशिका विपरित राहत बांड्न सुरु गरेका हुन् । बुधबार औरही गाउपालिका १ मा राहत वितरण भयो । तर वडाध्यक्ष सुरैतलाल ठाकुरलाई गाउपालिखाले जानकारी नै गराएन । वडाध्यक्ष ठाकुरले राहत वितरण भइरहेको थाहा पाएपछि […]
न्यूजमधेश सम्बादाता काठमाण्डु,१८ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुचर्चित बुधवारको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत रहेपनि कुनै निष्कर्षमा पुग्न सकेन् । असन्तुष्ट पक्षले स्थायी कमिटी बैठक डाक्ने, ओलीलाई अध्यक्ष अथवा प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पार्ने वातावरण बनाउने अपेक्षा गरिएको थियो ।तर बैठकमा सबै […]