११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

राजनीति

देउवा सरकार बन्न सकेन ‘समावेशी’

न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो । समाचारमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ मन्त्री नियुक्ति गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई […]

न्यूजमधेश डेस्क काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ । नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासको कार्यालय घेराउ गरेको छ । भ्रष्टाचारीहरुमाथि कारबाही अगाडी बढाउन माग गर्दै जनमत पार्टीका नेताहरुले अख्तियारको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले अख्तियारको कार्यालय अगाडी भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई कारबाही गर, भ्रष्टाचारका फाइलहरु दर्ता गर ,अख्तियार होसियार ,भ्रष्टाचारीलाई […]

न्यूजमधेश डेस्क काठमाडौं, १९ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो । तर, पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुसँगको छलफलमा सरकारमा सहभागी हुन गरेको आग्रहअनुसार लोसपा पनि सरकारमा जाने भएको छ । आज विहान […]

राजविराज, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका अधिवेशन शनिवार समपन्न भएको छ । सोही पालिकाको संयोजक सरोज यादवको अध्यक्षता तथा महिला जनमत संघकी संयोजक तथा पर्यवेक्षक शुशिला यादवको प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे अधिवेशन कार्यक्रममा २१ सदस्यीय समिति गठन गरिएको हो । तिरहुत गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको अधिवेशनमा अध्यक्षमा सरोज कुमार यादव, उपाध्यक्षमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो  । सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ […]