१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रमुख समाचार

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

न्यूजमधेश डेस्क काठमार्डौं,१ फाल्गुण । नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । काठमाडौँस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ माघ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य डा. शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार काठमाडौंस्थित बुद्धनगरमा रहेको जनमत पार्टीको कार्यालयमा एक कार्यक्रम बीच डा .यादव जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेको हो ।अध्यक्ष राउतले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ। नेपाल आयल निगम लिमिटेडमा वीरेन्द्र गोइतको बढुवा भएको छ । यसअघि निगमको निर्देशक रहेका गोइतको नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएको हो । गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि सिफारिस भएको थियो । संचालक समितिको बैठकले वरिष्ठताका आधारमा गोइतलाई उक्त पदमा बढुवा गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ माघ । पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकादेखि धनुषाको शहिदनगर नगरपालिकासम्म कालोपत्रे सडक कार्य थाल्नी गरेको छ। जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वा मल्हनीयाँदेखि शहिदनगर नगरपालिकाको वडा नं. ३ यदुकूहासम्म कालोपत्रे सडकको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले शनिबार बन्न लागेको कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । पूर्वी […]

न्यूजमधेश डेस्क सर्लाही ,२९ माघ । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ माघ । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले […]

न्यूजमधेश डेस्क गोलबजार ,२७ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि स्थानीय बालबालिका उत्साहित छन् । लघुवित्त भन्नै सुन्नै बित्तिकै ऋण दिने/लिने संस्था हो धारणा गाउँमा व्याप्त छ । दूरदराजका गाउँमा बसेका विपन्न वर्गका नागरिकहरुलाई उद्यमशील बनाउन यस्तो लघुवित्तको […]

न्यूजमधेश डेस्क सर्लाही ,२७ माघ । जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ । दुई इलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक करिब दुई सय नागकिता जारी हुँदै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिप्रकाबाट करिब एक सय र इलाका […]