११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

न्यूजमधेश डेस्क महेत्तरी ,१९ श्रावण । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना ४ ख ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको […]

न्युजमधेस डेस्क साउन १८ गते। नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलेको हो । बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको […]

रितिक अधिकारी सर्लाही,१६ श्रावण । राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको सर्लाही खण्डले गणतन्त्र आइपुग्दासम्म काँचुली फेर्न सकेको छैन । वर्षौंदेखि जीर्ण सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न विबश छन । राणाकालीन समयमा चिठीपत्र पुर्याउने ‘हुलाकी’ कुद्ने भनेर बनाइएको बाटो भएकाले पूर्वदेखि पश्चिम जोडिने सडकको नाम ‘हुलाकी सडक’ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कि शान्तिदेवी महरा आइतबार काखे नानीसहित आएर सडकमै सुतिन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि सडकमै सुतेर उनले नानीलाई आफ्नो छातीमा सुताइन् । ‘दुई धुर गाउँ ब्लकको जग्गामा सानो टहरा बनाएर बस्दै परिवारका चार जना आएका छौं’ उनी भन्छिन्, ‘सरकारले पटक–पटक जग्गा उपलब्ध गराउने […]

न्यूजमधेश डेस्क काठमाडौँ,१५ श्रावण । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो। मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । […]

ललिता साह सप्तरी ,१५ श्रावण। सप्तरीमा वर्षैपिच्छे आत्महत्या गर्नेहरूको संख्या बृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार वर्षेनी आत्महत्या गर्नेहरूको संख्या बृद्धि भएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै पनि आत्महत्या गर्नेको संख्या झण्डै ४२ जना थपिएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ की सामूहिक बलत्कारको पीडा खेप्न नसकेकी संगीता मण्डलले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ श्रावण ।कमला नगरपालिकाका युवाहरुको साझा संगठन कमला युवा संजालले वडा स्तरीय क्रीकेट र फुटबलको टुनामेच गर्ने निर्णय गरेको छ। शनिबार कमला नगरपालिका – ९ का वडा कार्यलयमा कमला युवा संजालका सचिव चन्द्रदीप यादवको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरेका हुन। सो बैठकमा विगतमा गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गर्दै संजालको आफ्नै भवन निर्माण […]

न्यूजमधेश डेस्क वीरगञ्ज,१४ श्रावण । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ। निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई […]