११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

महोत्तरीमा कोदालोले हानेर काकाको हत्या

न्यूजमधेश डेस्क महोत्तरी ,६ श्रावण । महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् । बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा […]

न्युजमधेस डेस्क रौतहट,६ साउन। दाइजोको निहुँमा सन्जुलाई घाटी दबाएर हत्या गरिएको आफन्तले आरोप लगाएका छन्। राैतहट बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे । सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ श्रावण । मधेश प्रदेशको कृषि मन्त्रालयमा आज जनमत पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानविन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक, सिचाईको व्यवस्थाको माग गर्दै जनमत पार्टीले कृषि मन्त्रालयमा तालाबन्दी गरेको हो । जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार […]

न्यूजमधेश डेस्क झापा,४ श्रावण। झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ श्रावण । मधेस प्रदेशको राजविराज नगरपालिकाका बहालबाला मेयर निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार २९ गते मेयर भीमराज यादवमाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। आर्थिक वर्ष २०७३/७४ मा राज रंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका मेयर भीमराज यादवविरुद्ध अख्तियारले आरोपपत्र […]

न्युजमधेस डेस्क काठमाडौ,२श्रावण। काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् । उपत्यका भित्रिने […]

न्युजमधेस डेस्क काठमाण्डाै,१श्रावण। सडक बालबालिकाको मिर्गाैला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही तथा विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको हो । उनीहरूले काठमाण्डौका सडक बालबालिकालाई फकाएर भारत लगी उनीहरूको मिर्गाैला झिकेर बेचेको पाइएको प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,१ श्रावण । चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं। ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेका प्रहरीले जनाएको छ । उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ […]