१३ कार्तिक २०८१, बुधबार
30-10-2024 , Wed
×

प्रमुख समाचार

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

न्यूजमधेश डेस्क काठमाडौं,२१ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन्। २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ । […]

न्यूजमधेश डेस्क काठमाडाैं,२० बैशाख । कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन। याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ। ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन […]

न्यूजमधेश डेस्क काठमाडाैं,२० बैशाख । नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ। बिहान प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति प्रदेश १, […]

सुरेन्द्र यादव जनकपुरधाम १९ वैशाख ।आसन्न स्थानीय तहको निर्वाचनमा एउटा वडामा श्रीमान श्रीमतीले उम्मेदवारी दिएका छन्। जिल्लाको हँसपुर नगरपालिका–९ मा श्रीमती अनिताकुमारी यादव महतो वडाध्यक्ष र श्रीमान श्रवण महतो वडा सदस्य पदको उम्मेदवार बनेका छन्। उनीहरु दुबैजनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका हुन्। एउटै दलबाट उम्मेदवारी दिँदा प्रमुख उपप्रमुखमध्ये कुनै एक […]

मनोज मोरबैता जनकपुरधाम, १९ बैशाख । २७ वर्षीय युवा, जो गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा आरम्भ गरेका धनुषाको जनकनन्दिनी गाउँपालिका ४ खजुरी निवासी चुनावमा होमिएका छन् । तत्कालीन डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबाट २०७२ सालमा विद्यार्थी जिवनदेखीनै राजनिती थालेका हुन नवीन पण्डित ।जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष पदमा […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,१९ बैशाख । मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । चोकचौराहाका चिया दोकानदेखि वीरगञ्जका धनाढ््यका गद्दीसम्म सम्भावित परिणामबारे हिसाबकिताब हुन थालेको छ । महानगरको मेयरमा अहिले मुख्यतः जसपाका नेता राजेशमान सिंह र निवर्तमान मेयर विजयकुमार सरावगीको नाम चर्चामा छ । दुवै उम्मेदवारले यसपटक आ–आफ्नो जीत […]

न्यूजमधेश डेस्क झापा,१९ बैशाख । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरूले तीव्र बनाएका छन्। सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झन्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ। सत्तारुढ गठबन्धनमा रहेका दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरू आ–आफ्नै चुनावी एजेन्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्। शिक्षा, स्वास्थ्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ बैशाख ।धनुषाको दक्षिणी र पुर्वी भेगमा रहेको जनकनन्दिनी गाउँपालिकामा दिपिन देव यादवको चौंतर्फी चर्चा चलिरहेको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार दिपिन देव यादवको चित सुनिश्चित भएको स्थानीयहरुले बताएको छ। उनी जनता समाजवादी पार्टीबाट जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष पदमा बैशाख १२ गतेको मनोनयन खजुरीस्थित रहेको निर्वाचन […]