१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

प्रमुख समाचार

कपिलवस्तुमा १५ सय अवैध चल्ला नष्ट

न्यूजमधेश डेस्क कपिलवस्तु,२ चैत्र। जिल्लाको कृष्णनगर नगरपालिका–१२ नरैनापुरमा भारतबाट अवैध रूपमा नेपाल ल्याइएका ब्रोइल कुखुराका चल्ला नष्ट गरिएको छ । विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो । बरामद गरिएको चल्लाको मूल्य अन्दाजी १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,१ चैत्र । निर्वाचन आयोगले साना ७३ दललाई पहिलेकै निर्वाचन चिह्न प्रदान गर्न परामर्श थालेको छ । राष्ट्रिय पार्टीबाहेकले स्वतन्त्र चिह्नबाट निर्वाचनमा भाग लिनुपर्ने स्थानीय तह निर्वाचन ऐनको प्रावधान ‘अन्यायपूर्ण’ रहेको भन्दै साना दलले विरोध गरेपछि आयोगले पुरानै चिह्न दिन गृहकार्य थालेको हो । स्थानीय तह निर्वाचन ऐनको दफा २६ (६) अनुसार एमाले, कांग्रेस, माओवादी, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० फागुन। । नेपाल इन्जिनियर्स एशोसिएशनको जनकपुरधाममा जारी मतगणनामा निर्वाचन समितिले धाँधली गर्न खोजेको आरोप लागेको छ । एशोसिएशनको मधेश प्रदेश अध्यक्ष पदका लागि उम्मेदबारी दिएका इन्जिनियर गौरी पण्डितले धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले बाकसबाट झिकेर राखिएको मतपत्र गिन्ती हेराफेरी गर्न खोजेको बताए । गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० फागुन।सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन्। १४औं राष्ट्रिय […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० फागुन। सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो । सरकारले नेपाली श्रमिकको […]

राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा शुक्रबार आयाेजना गरिएको आमसभामा २ सयभन्दा बढी जनाले जनमतमा प्रवेश गरेका छन् । साे गाउँपालिका वडा नम्बर ३ बथनाहामा पार्टीका महदेवा गाउँपालिका अध्यक्ष कुनदन राउतकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतकाे प्रमुख आतिथ्यमा आयाेजीत सभामा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले जनमतमा प्रवेश गरेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा […]

न्यूजमधेश डेस्क मोरङ,२५ फागुन । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश […]