०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

जनकपुरमा विद्यालयको जग्गा कब्जा गर्न खोजेपछि तनाव !

जनकपुरधाम ।जनकपुरधामको शिवपुरमा अवस्था तनावग्रस्त बनेको छ । समुदायिक विद्यालयको जग्गामा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुरस्थित रहेको जनता माविको करिब ३ कठ्ठा जग्गा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । पुलचोकभन्दा उत्तर र ५२ विघाभन्दा मात्र १०० मिटरको दुरीमा रहेको जनता […]

जनकपुरधाम ।धनुषाको कमला नगरपालिका-३ लगमामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै मेयर बिशेश्वर यादवलाई ध्यानाकर्षण गराएको छ। अतिक्रमणमा परेका जग्गा खाली गराउन माग गर्दै जनमत पार्टी मधेश प्रदेस सदस्य दिपेन्द्र तेथवारसहित पार्टीका नेताकार्यकर्ताहरुले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो। नेता तेथवारले मेयर यादवलाई ध्यानाकर्षण पत्र बुझाएपछि न्यूजमधेशसंग […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन् । आज जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा संचारकर्मीसंग छलफल तथा भेटघाटमा मुख्यमन्त्री सिंहले उपभोक्ता समितिबाट हुँदै आएका विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गुनासो आएकाले यो प्रणालीलाई कार्यविधि बनाएर विस्तारै हटाउने उनले बताए । उनले मधेस प्रदेश सरकारले […]

जनकपुरधाम ।जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले मधेश प्रदेशमा मुख्यमन्त्रीको चयन सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अधिकांश तर्क र समाचार भ्रमपूर्ण रहेको बताएका छन् । उनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले मुख्यमन्त्री सम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको दाबी गर्दै त्यसअघि आएका मुख्यमन्त्रीबारेका समाचार र प्रचारबाजी केवल आकलन, सम्भावना वा […]

जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भाग लिएर स्वदेश फर्किएका छन् । अध्यक्ष डा.राउत आज बिहान स्वदेश फर्किएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले जानकारी दिए। संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन डिसीमा एन्टाको ७ औं महाधिवेशनमा अध्यक्ष डा.राउत प्रमुख अतिथिको […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै शनिवार गृहजिल्ला सप्तरीमा सञ्चारकर्मीहरुसित कुराकानीका क्रममा उनले यस्तो बताएका छन् । मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै बिक्री गर्ने गरिएको जस्ताविकृतिप्रति जनगुनासो बढेको भन्दै उनले सरकारले यस प्रकारका अबैध […]

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ । चिडियाखानाको घेरबार गर्ने काम आधा सकिएको छ । करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार उक्त प्राकृतिक चिडियाखानाको जग्गा अतिक्रमणमा परेको छ । केही […]

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश मन्त्रिपरिषद् बैठकले प्रादेशिक निर्वाचन क्षेत्र विकासका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको बताएका छन् । उनले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र निश्चित क्षेत्रबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यका क्षेत्रमा विकासका योजनाका लागि बजेट छुट्याइने जानकारी दिए । मुख्यमन्त्री सिंहले बजेटको आकार तय गर्नका लागि मात्र प्रत्यक्षतर्फ निर्वाचितका हकमा […]