०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्छौः मुख्यमन्त्री सिंह

जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताएका छन्। मुख्यमन्त्री पदको शुक्रबार शपथग्रहण तथा पदभारपछि जानकी माताको दर्शन गरेका उनले मन्दिर परिसरमा संक्षिप्त कुराकानी गर्दै भने, ‘माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ। त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको […]

जनकपुरधाम ।कार्यकाल समाप्त भएको ६ महिना वितिसक्दा समेत जनकपुर अंचल पेट्रोलिय ढुवानी व्यवसायी संघका अध्यक्ष किशुनदेव साहले निर्वाचन गर्नबाट अस्विकार गर्दै आएको तथ्य फेला परेको छ । पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामका अध्यक्ष समेत रहेका किशुनदेव साहले निर्वाचन गर्नबाट अटेर गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र काटेको १५ दिन भित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्देशन […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन तथा पूजापाठ गरेका छन् । शुक्रवार नियुक्त भएर शपथग्रहण गरेका मुख्यमन्त्री सिंह राति गृहजिल्ला सप्तरी पुगेका थिए । गएराती नै छिन्नमस्ता भगवतीको मन्दिर पुगेर पूजापाठ गरेका हुन् । उनले आफ्नो कार्यकाल सफलताका लागि छिन्नमस्ता भगवतीबाट आशिर्वाद लिए । मुख्यमन्त्री सिंह शुक्रवार […]

जनकपुरधाम ।संयुक्त प्रहरी टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाक वडा नम्बर- १४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय […]

जनकपुरधाम । प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् । शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरमै दलित समुदायका सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् । मधेश प्रदेश सरकारमा पहिलो […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् । पद तथा गोपनियताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए । उनले भने, ‘अहिले कोलेब्रेशनको […]

जनकपुरधाम ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त गरेकी छन् । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । मुख्यमन्त्रीमा […]

जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश कुमार सिंहले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश […]