०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

जनमतबाट मधेशका मुख्यमन्त्री सतिश सिंह बन्दै

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए । ती सांसदले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. […]

जनकपुरधाम । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । प्रदेश प्रमुख कार्यालयका निमित्त […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन् । मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएको घोषणा गरे । उनले मुख्यमन्त्रीमाथि विश्वास रहेको […]

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन प्रदेशसभा पुगेका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न गरेको आग्रह सभामुखले अस्वीकार गरेर बैठक बोलाएपछि उनीसहितका मन्त्रीहरु उपस्थित भएन । त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गरेर सभामुख मण्डलले जसपा नेपाल संसदीय दलसंग छलफल गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भए […]

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः विश्वासको मत लिन तयार भएका छन् ।उनले आजै विश्वासको मत लिने भएको छ। सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले बिरामी परेको भन्दै विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर बैठक बोलाए । बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएका छन् । […]

जनकपुरधाम । विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका छन् । मुख्यमन्त्री पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन् । मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै […]

जनकपुरधाम । मधेस प्रदेशसभाले मुख्यमन्त्री सरोजकुमार यादवको प्रस्तावलाई अस्वीकार गरेको छ । प्रदेश सभाबाट आज लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्ने मुख्यमन्त्री यादवको प्रस्तावलाई सदनले अस्वीकार गरेको हो । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले गरेको प्रस्ताव विश्वासको मतको कार्यसूची सार्ने प्रस्ताव तत्काल पूरा नगर्ने बताए । उनका अनुसार सदन सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र मुख्यमन्त्री यादवले […]

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरे। ‘तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन् […]