०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

प्रमुख समाचार

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव

जनकपुरधाम ।एमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ। ‘उहाँ (सरोज यादव)ले विश्वासको मत पाउनु […]

जनकपुरधाम। आज विश्व वातावरण दिवसको अवसरमा शंकर माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका-५ बनरझुलामा रहेको शंकर माध्यमिक विद्यालय परिसरमा वातावरण दिवसको अवसरमा विभिन्न जातका ३० वटा बोटविरुवा रोपिएको विद्यालयका शिक्षिक रबिन्द्र साहले बताए। त्यसअवसरमा शंकर माध्यमिक विद्यालयका प्र.अ प्रदिप यादवको उपस्थिति विद्यालयको परिसरलगाइतका ठाउँहरुमा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ। यस विद्यालयमा […]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना नेता पार्टीको महाधिवेशन रोक्न सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेका छन्। केन्द्रीय सदस्यद्वय जनार्दन प्रसाद यादव र भीमबहादुर रायले सर्वोच्चमा रिट दायर गरेकोमा त्यसलाई दरपिठ गरिएको थियो। दरपिठपछि सो निवेदन सिधै बेञ्चमा गएपछि बेञ्चले कैफियत झिकाउन आदेश गरेको छ। रिट दायर हुने–नहुने आदेश हुन बाँकी छ। […]

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एकीकृत समाजवादी मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएको […]

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए। ‘हामीले फागुन २३ गते नै गठबन्धनमा सामेल हुने निर्णय गरेका छौं। अर्को निर्णय गर्नुपर्ने जरूरत छैन। मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्छ,’ उनले भने। जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान […]

रौतहट। भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी […]

जनकपुरधाम । मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको आक्रमण घटनाको छानविन गर्न समिति बनाउनुपर्ने भन्दै जनमतका सांसदहरु प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए । तेस्रो अधिवेशन आह्वान गरिएको र मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएलगत्तै […]

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो । भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बुझिएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार […]