न्यूजमधेश डेस्क काठमाडौं ,२० श्रावण । संसदमा विचाराधीन नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गर्न माग गर्दै काठमाडौँ प्रदर्शन गरिएको छ। ‘नागरिकताविहीन नेपालीहरु’ समूहले दबाबमूलक धर्नासँगै विरोध प्रदर्शन र कोणसभा गरेको हो। प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने […]
न्यूजमधेश डेस्क सप्तरी,१९ श्रावण ।यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]
न्यूजमधेश डेस्क राजविराज ,१८ श्रावण । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ । साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको […]
न्यूजमधेश डेस्क रौतहट ,१६ श्रावण । इलाका प्रहरी कार्यालय चन्द्रपुरले आज चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित एक होटलबाट नौ जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय होटल अशोकाको कोठा नम्बर ३०१ बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जयप्रकाश […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट रु ५० लाख निकासा गरी नदीको कटान रोक्न […]
न्यूजमधेश डेस्क काठमाडौं, १४ श्रावण । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो । पहिलो लहरमा २१ हजार ५२३ […]
न्यूजमधेश डेस्क परासी ,१४ श्रावण । प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो । बरामद गरिएको केराउको बजार मूल्य करिब १ करोड रहेको जिल्ला प्रहरी […]
शिव पुरी रौतहट ,१४ श्रावण । रौतहटको चन्द्रपुर नगरपालिकाले खैरास्थित चाँदी खोला उत्खननका लागि बर्सेर्नि ठेक्का लगाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् । खोला उत्खननका कारण बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । चन्द्रपुर खैराका ८५ वर्षीय हर्षबहादुर पुलामी मगर डेढ दशकअघिको बाढीको घटना अझै पनि सम्झिन्छन् । २०६१ असार २३ गते लगातार वर्षापछि चाँदी खोलामा […]