१४ कार्तिक २०८१, बिहिबार
31-10-2024 , Thu
×

प्रमुख समाचार

बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

न्यूजमधेश डेस्क लहान ,१७ चैत्र । केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ । गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ चैत्र ।नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय स्थल सेनाध्यक्ष जनरल […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ चैत्र । नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आज यहाँ आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ चैत्र । तपाईं होली कसरी मनाउने तयारीमा हुनुहुन्छ ? संभवत रंग एवं अबिर ल्याउनुहुन्छ । पानी, पिचकरी र लोलाको व्यवस्था गर्नुहुन्छ । पानी छ्याप्नुहुन्छ । रंग दल्नुहुन्छ । लोला हान्नुहुन्छ । अझ तपाई किशोरवय वा युवाअवस्थामा हुनुहुन्छ भने तपाईंले अनेक किसिमको रसायनले आफुलाई रंगाउनुहुनेछ । बेपरवाह बाटोमा हिँड्नेलाई वा आफुले देखे […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ चैत्र । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ चैत्र । प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् ९मिनाप०द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ चैत्र । कवि तथा समालोचक नेत्र ‘एटम’ले आफ्नो नयाँ कविता संग्रह ‘प्रिय मौनता’ पाठकमाँझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकको प्रा।डा। कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र कवि अमृता शर्माले विमोचन गरे । प्रिय मौनतामाथि लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका ‘एटम’को यो पहिलो कवितासंग्रह हो । […]

न्यूजमधेश डेस्क कञ्चनपुर, १५ चैत्र । बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ । छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए […]