जनकपुरधाम। निर्माण व्यवसायी संघ धनुषाको अध्यक्षमा अशोक कुमार चौधरी उम्मेदवारी दिएको छ । संघको चैत्र २४ गते शनिबार नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ। चौधरी अर्जुन कन्स्ट्रक्सनका संचालकसमेत रहेको छ।उनी संघको निवर्तमान अध्यक्ष पनि हुन। उम्मेदवार चौधरीले लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको बताए । […]
काठमाडौं । ‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) को संलग्नता रहेको विषय संसदमा उठेको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् । सांसद यादवले भने- ‘श्रममन्त्री डीपी […]
काठमाडौं । मदिरा तस्करी र राजस्व छलीको पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका सिरहाका पत्रकार विनय आजादको सुरक्षाको विषय संसदमा उठेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहसिक रिपोर्टिङ गरेका पत्रकार आजादलाई राज्यले संरक्षण गर्नुपर्नेमा प्रहरीकै रोहबरमा तस्करहरूले आक्रमण गर्ने योजना बनाएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् । पत्रकार आजादले गत चैत […]
जनकपुरधाम । निर्माण व्यवसायी संघ धनुषाको सदस्य पदमा सन्तोष कुमार यादव सहित दुई जना निर्विरोध निर्वाचित भएको छ । आईतबार यादव निर्माण व्यवसायी संघ धनुषा अन्तर्गतको क वर्गको सदस्य पदमा निर्वाचित भएको हो । निर्वाचन कार्यालयले तोकेको अवधि भित्र उक्त पदमा अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि यादव निर्विरोध विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । […]
जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनः निर्माण गर्न निर्देशन दिएका छन् । पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौँ ।’ धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका […]
काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]
जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]
जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]