११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

परियोजनाको जग्गा अतिक्रमणः ८० घरटहरा भत्कायो

न्यूजमधेश सम्बादाता सर्लाही ,१२ श्रावण । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो । परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ श्रवान । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ । सोमबार बिहान काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर नगरपालिका वडा नम्बर ८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा […]

मनोज मोरबैता जनकपुरधाम ,१२ श्रावण। धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय छैन। स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र खानेपानीसमेत अभाव छ। शौचालय र खानेपानी नहुँदा कर्मचारी तथा उपचारका लागि आउने बिरामीलाई समस्या भएको स्वास्थ्य चौकीका सहइन्चार्ज राजकिशोर यादवले बताए। स्वास्थ्य चौकीमा तिन पुरुष र तिन महिला गरि जम्मा ६ […]

न्यूजमधेश सम्बादाता काठमाडौँ,१२ श्रावण। कोरोना भाइरसको महामारीले बन्द रहेका विद्यालय ५ महिनापछि भदौ १५ गतेबाट सञ्चालनको तयारी भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलिसक्ने र त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा सरकारी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ । सरकारले यसअघि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । श्रावण महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घरघरमै पूजाआजा गरिँदै छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर, ११ श्रावण । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम, ११ श्रावण । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी आउने हरुको रहेको उल्लेख गर्नु हुँदै तीन वटै सुरक्षा निकायलाई सीमा […]