०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

नेपाल चिकित्सक संघ नारायणीद्वारा प्रदेश सरकार संग पाँच बुंदे माग

रंजित चौरसिया वीरगंज ,२३ चैत्र ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले जोखिम पूर्ण राष्ट्रको रुपमा घोषणा गरेको छ । सोही क्रममा नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका सचिव डा। उदय नारायण सिंहले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि प्रदेश नं। २ सरकार समक्ष विभिन्न […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र ।धनुषा जिल्लाका एक वडाध्यक्ष भारतको मधुबनीबाट घर फर्केपछि स्थानीय त्रसित बनेका छन् । जनकननदनी गाउपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक भारतबाट घर फर्केपछि स्थानीय त्रसित बनेका हुन् । उनी कोरोना भाइरस लागेको हुनसक्ने स्थानीयको अनुमान छ । सोही कारण वडाध्यक्ष पाठकको स्वास्थ्य परीक्षण गराउन स्थानीयले माग गरेको स्थानीय युवा नेता […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ चैत्र ।कोरोना भाइरसबाट जोगिनको लागी समाजवादीका नेताहरु जनचेतना फैलाईरहेको युवा नेता बिनोद रोहिताले जनाएको छ । नेता रोहिताको अनुसार आइतबार समाजवादी पार्टी शहिदनगर नगरपालिका वडा ८ का वडा समितिका अध्यक्ष जोगिन्द्र दासको नेतृत्वमा बिसरभोरामा कोरोनाबाट बचनको लागि जनचेतना फैलाइरहेको अवस्थामा जस जसलाइ माक्स थिएन तिनीहरुलाइ माक्स समेत उपलब्ध गराएको छ । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र । देशमा कोरोना भाइरस संक्रमणबाट जोगिन खडा गरिएको कोषमा संघीय र प्रदेशका साँसदहरुले रकम घोषणा गरेर जनतामा भ्रम सृजना गर्न थालेका छन् । संसदीय कोषको रकम कोरोना भाइरसबाट जोगिन खडा गरिएको कोषमा जम्मा गर्न नमिल्ने कानुनी प्रावधानबारे विज्ञ रहेपनि सर्वसधारण माझ ठूला दानवीर देखाउन केहि करोड रकम उपलब्ध गराउने घोषणा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२३ चैत्र ।कोरोना भाइरस संक्रमितको संख्या एकै दिन तीनजना बढेपछि सरकारले लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेकोछ । मन्त्रीपरिषदको शनिवार साँझ बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ । कोरोना […]

मनोज कुमार मोरबैता जनकपुरधाम ,२२ चैत्र। डा.सीके राउत नेतृत्वको जनमत पार्टीको एक वर्ष पूरा गरिसकेका १२ जिल्ला इन्चार्जलाई परिवर्तन गरिएको छ । ती जिल्लाहरुमा नयाँ इन्चार्ज तोकिएको छ । गत १५ गतेदेखि १७ गते सम्म अनलाईन भिडियो कन्फरेन्सको माध्यमबाट पार्टीका केन्द्रिय कमिटीको बैठकमा एक वर्ष पूरा गरिसकेका जिल्ला इन्चार्जहरुलाई परिवर्तन गर्ने निर्णय भएको पार्टीका केन्द्रिय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र ।प्रदेश २ का प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराउनुभएको हो । प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र। सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ । शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ । उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी […]