०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

मुख्यमन्त्री राउतले दिए प्रचण्डलाई यस्तो जवाफ–सरकार परिवर्तनको सपना नहेर्दा हुन्छ !

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४फाल्गुण। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने भनी दिएको अभिव्यक्तिको मुख्यमन्त्री लालबाबु राउतले चेतावनीसहित जवाफ दिएका छन् । स्व. महेन्द्र नारायण निधिको ९८औ जन्म जयन्ती दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार परिवर्तन […]

राम सागर मण्डल जनकपुरधाम,११ फाल्गुण।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान शुरु गरेको बताएका छन् । आइतवार जनकपुर पुगेका प्रचण्डले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखासमिति लगायतले अनुसन्धान शुरु गरेको बताएका हुन् । धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमको सुभारम्भ समारोहमा सहभागी भएका प्रचण्डले भने, ‘सञ्चारमन्त्रीवाला […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११फाल्गुण । समाजवादी पार्टीका संघीय साँसद तथा प्रमुख सचेतक उमाशंकर अरगरियाले धनुषा–सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुलको निरीक्षण गरेका छन् । संसदमा समेत पुल निर्माणमा ढिलाइ भइरहेको भन्दै पटक पटक आवाज उठाएका साँसद अरगरियाले पुलको निरीक्षण पश्चात निर्माण समयमा सक्न ठेकेदार कम्पनीका प्रतिनिधिसँग आग्रह गरेका हुन् । ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सका प्रतिनिधिले […]

न्यूजमधेश सम्बादाता महोत्तरी,११ फाल्गुण । जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकका पार्टीहरु पुरानो रक्सीको बोतलमा नयाँ लेबल लगाए झैं चलिरहेको बताएका छन् । महोत्तरीको गौशालामा शनिबार पार्टीद्वारा आयोजित आमसभामा बोल्दै राउतले उक्त कुरा बताएका हुन् । पार्टीले जनताको मत लिएर रक्सीको बोतल झैं आफ्नो लेबल परिवर्तन गरिरहेको बताए । उनले बर्तमान नेकपा, कांग्रेस […]

न्यूजमधेश सम्बादाता झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ । शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ । संघको उपाध्यक्ष […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९फाल्गुण। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको शिवचौक स्थित शिवमन्दिरलगाईत देशका विभिन्न शिव मन्दिरमा श्रधालु भक्तजनहरु पुजाआजा गरिदै आज महाशिवरात्री पर्व मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको बुवा स्वर्गिय प्रेमनारायण झामाथि जनकपुरधामका मेयर लालकिशोर साहले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । रौतहटस्थित गाउँमै विहिवार १३ औं पुण्य तिथिको अवसरमा आयोजित समारोहमा मेयर साहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । झाको निधन माघ २७ गते सोमवार भएको थियो । विहिवार श्रद्धाञ्जली अर्पण गर्न […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ । यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार […]