०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

सदभावना पार्टीका संस्थापक नेता चौधरीको निधन

श्यामसुन्दर यादव राजविराज, १९ पुस । तत्कालिन नेपाल सदभावना पार्टीक संस्थापक मध्येका एक नेता गुणानन्द चौधरीको शनिवार निधन भएको छ । राजविराज नगरपालिका वडा नम्वर ३ निवासी चौधरीको ९६ बर्षको उमेरमा निधन भएको हो । राजबिराज नगरपञ्चायतका तत्कालीन उप–प्रधानपञ्च दास राष्ट्रिय जनता पार्टीका सदस्य थिए । स्वतन्त्रता सेनानी समेत रहेका उनी केही समयदेखि विरामी परेका […]

न्यूजमधेश समाचारदाता लाहन,१९ पुस।सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १९ गते शनिबार सिरहा जिल्लाको विभिन्न स्थानहरुमा सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै नियन्त्रणमा लिएको हो । सार्वजनिक विदा शनिबारको दिन जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाईरहेको अवस्थामा ८ (आठ) […]

अबिनाश आचार्य सिमरा ,१९ पुस।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले यस सम्बन्धमा स्पष्ट कानुन नबनाउँदा ट्रक ब्यवसायी धरासायी बन्दै गइरहेको आरोप लगाएका छन् । पछिल्लो समय ट्रक ब्यवसाय धरासायी बन्दै गइरहेको अवस्थालाई अफुले बुझेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ यातायात ब्यवसायीको समस्या समाधानमा गम्भिर भएर लाग्ने बताए । तराइ यातायात ब्यवसायी संघ सिमराको […]

मनोज मोरबैता जनकपुरधाम,१९ पुस।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ। शनिबार जनमत पार्टी धनुषाको कार्यलयमा अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन गरिएको छ। समितिको संयोजकमा विजय यादव र नवीन पण्डित रहेको छ। त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र कुमार दास , सचीवमा धिरज मण्डल […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम, १९ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान लिनेगरी भएको बम विस्फोटको छानविन प्रहरी अधिकारीबाटै प्रभावित पार्ने प्रयास भइरहेको छ । उक्त घटनाका योजनाकार भनिएका आदम राइनलाई प्रहरी नायब निरीक्षक सन्तोष झाले पक्राउ गर्न सफल भए । तर उनलाई पक्राउ गरेको २४ घण्टा नबित्दै रातारात काजसरुवा वीरगन्ज […]

न्यूजमधेश समचारदाता काठमाडौं,१८ पुस। राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । शुक्रबार शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा चुनावको ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भएको हो । काँग्रेसले महिला र अल्पसंख्यकमा उम्मेदवारी दिने भएको छ भने समाजवादीले दलित र अन्य पदमा […]

न्यूजमधेश समाचारदाता काठमाडौं ,१८पुस।सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो। यससँगै उखु किसानको आन्दोलन स्थगित छ । सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न […]

न्यूजमधेश समाचारदाता मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ। द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता […]