०७ कार्तिक २०८१, बिहिबार
24-10-2024 , Thu
×

प्रमुख समाचार

गैर आवासीय मधेशी संघ दुबईद्वारा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

दुबई ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) यूएई दुबईद्वारा जबिल पार्कमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार कार्यक्रममा एनआरएमएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले दिपावली तथा छठ पर्कको शुभकामना दिदै मधेश तथा विदेशमा रहेको मधेसी युवाहरुको वर्तमानमा अवस्थाको विषयमा चर्चा परिचर्चा गरेका थिए । […]

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग […]

रौतहट । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी शुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै […]

चितवन । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा. युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महिनाभित्र […]

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले मातृभाषाको संरक्षण गर्नको लागि म संदनमा पनि मधेेेेभाषामै बोलेको धारणा राखेका हुन। धनुषाको जनकनन्दिनी गाउपालिका ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि मगहिभाषामा बोल्छु […]

श्यामसुन्दर यादव,राजविराज । प्रदेश २ सरकारको ‘बेटी पढाउँ – बेटी बचाउ ’ अभियान अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नं.५ स्थित रहेको चन्द्रा नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई शुक्रवार एक समारोहकाबीच साइकल वितरण गरेको छ। बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच छात्राहरुलाई साइकल प्रदान गरिएको हो । समारोहमा बोल्दै नगर […]

बाँके । नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथासँगै रहेका गोदाममा बिहीबार आगलागी भएको हो । लागलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रण आइसकेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । […]

वीरगञ्ज । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा […]