०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

जनमत पार्टीद्धारा अधिवेशन घोषणा

काठमाडौं । जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशनको घोषणा गरेको छ । पार्टीका राष्ट्रिय सचिव बीपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन तालिका सार्वजनिक गरिएको हो । जनमतको अधिवेशन तालिका अनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा […]

काठमाडौँ । सामान्य व्यक्तिको भन्दा सामाजिक व्यक्तिको व्यवहार आचरण विशेषे चासोको रूपमा हेरिन्छ । उनीहरूको व्यवहारको पनि अनुसरण गर्छन् । महोत्तरी जिल्लाका भँगहा नगरपालिका मेयरको व्यवहार भने सामान्य नेपाली समाजमा अपाच्य छ । आज मङ्सिर १३ गते बिहान देखी जनकपुरको भरम्पुरा चोकमा रहेको भँगहा नगरपालिका मेयर सन्जीप शाह बिहानैदेखि मद्यपान पिइ रहेका थिए । उनलाई […]

कञ्चनपुर। कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु […]

जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज ‘देवता मेल’ लागेको छ । देवता मेलाको अवसरमा आज बिहानैदेखि कमला नदिमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष स्नान गर्ने सदियौँको परम्परा रहि आएको छ ।

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ । अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको मृत्यु भएको हो । बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ । शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रह्यो । आज […]

जनकपुरधाम । जनमत पार्टीले हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा अध्ययन सुरु गरेको छ । हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सिर्जना गर्ने विषयमा जनमतले राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली नै खटाएका छन् । अध्ययनमा मधेश प्रदेश नीति आयोगका सदस्य डा. सोहन प्रसाद साहले सहजीकरण गरिरहेका छन् । २०७९ मंरिसरको आमचुनावमा कृषि र रोजगारीलाई […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका छन् । अध्यक्ष डा. राउतले प्रतिनिधिसभाका सचिवलाई प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव छलफलका लागि संकल्प पत्र बुझाएका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उक्त संकल्प प्रस्तावमाथि छलफल गर्न यो सूचना दिएको […]

काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । […]