०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

दुई समुदायको झडपले अशान्त बनेको मलंगवामा निकालियो सद्भाव र्‍याली

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका नेताहरू सहभागी थिए । छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा […]

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले गरिबी निवारमा […]

काठमाडौं । करिब ६० किलो सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीसँग सुन तस्करको सेटिङ पुष्टि भएको छ । अनुसन्धानको क्रममा तस्करलाई सघाएको खुलेपछि प्रहरीले थप तीन भन्सार कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले शुक्रबार भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै युवाहरु विरोध गर्दै सडकमा उत्रिएको छ। शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मधेशका राजधानी जनकपुरधामको भानु चौकमा सडकमा गुडेका सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीलाई बुजाएको छ । आज देशभर सार्वजनिक विदाको दिन गाडी चलाउन नदीने राष्ट्रिय युवा संघ नेपालका […]

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]

बर्दिया । शुक्रबार राती बाँकेको शमशेरगञ्जमा भएको बस दुर्घटनामा परि बर्दिया ठाकुरबाबाका ७ जनाको घटनास्थलमै ज्यान गएको छ । २९ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक शुक्रबार राती करिव ९ बजेतिर राजमार्गमा रोकिराखेको ट्रकमा ग.७ ख २३२१ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–९ […]

जनकपुरधाम ।मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो । शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर […]