२१ पुष २०८१, सोमबार
06-01-2025 , Mon
×

समाज

लकाडाउनले गर्दा घरघरमै इद मनाउने तयारी

न्यूजमधेश सम्बादाता महोत्तरी,१० जेठ। इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ । हिजरी संवत्को रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । सरकारले भने […]

सुदीपराज कुशवाहा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वलाई नै आफ्नो चपेटामा पारिसकेको छ । लगभग पचास लाख मान्छे संक्रमित भएका छन् भने उनाइस लाख भन्दा बढी निको पनि भएको छन् । यो भाइरस बारे अझै अनुसन्धान जारी नै छ । मान्छेमा कसरि सर्छ ? यसका लक्षण के के हुन सक्छ ? यसका दीर्घकालिन […]

न्यूजमधेश सम्बादाता सिरहा ,९ जेठ । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ। नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ । मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,५ जेठ। देशव्यापी लक डाउनका कारण मुस्लिम सामुदायको रमजान महिनाको २३ औं दिन आईतबार जनकपुरधाम उपमहानगरपालिका -८ का १ सय २० जना गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले १ सय २० जना विपन्न गरिव मुस्लिमलाई राहत समाग्री वितरण गरिएको हो । ईद पर्वलाई मध्यनजर गरि […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,४ जेठ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जीवनयापन गर्ने परिवारलाई राहत वितरण गरेका छन् । उप–महानरपालिकाले वडाकार्यालयको माध्ययमबाट गरिव, विपन्न परिवारलाई राहत गर्ने काम शुरु गरेको छ । उप–महानगरपालिकाले १८ हजार भन्दा बढी परिवारलाई राहत वितरण गर्न लागेको छ ।जनकपुरधामको विन्हीमा मेयर साहले राहत वितरण गरेका […]

ई . श्याम सुन्दर मण्डल विश्व सवास्थ संगठन (WHO) अनुसार कोरोनाले अब कहिले मानव संसारलाई छोडने छैनन र त्यही भएर कोरोनासँगै मानव समाजलाई अगाडी बढन सचेत गराएको छ । यदि यो सत्य साबित भए हाम्रो जस्तो भ्रष्ट, अराजक, अव्यवस्थित, गरीब र अचेत मुलुकमा यसको परिणाम भयावह हुने निश्चित छ । २९ वर्षिया सिन्धुपाल्चोककी महिलाको कोरोनाका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,४ जेठ। समग्र विश्वसँगै सिंगो देश कोरोना महामारीको त्रासबाट गुज्रिरहेको अवस्थामा धनुषामा लक डाउनको उल्लघन व्याप्क रुपमा भइरहेको छ । बालबालिकाको भेला पारेर पाठ्यपुस्तक बितरण गर्नेदेखि सामान्य अवस्था झैं भींड जम्मा गरेर रिबन काट्न समेत जनप्रतिनिधी अग्रसर हुने गरेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाका मेयरले शनिबार झण्डै सय जनाको भींड जम्मा गरेर […]