१० पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

समाज

उखु किसान र सरकारबीच पाँचबुदें सहमति

न्यूजमधेश समाचारदाता काठमाडौं ,१८पुस।सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो। यससँगै उखु किसानको आन्दोलन स्थगित छ । सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ । साथै भुक्तानीको समस्या हल गर्न […]

न्यूजमधेश समाचारदाता बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे । सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको […]

न्यूजमधेश समाचारदाता सर्लाही,१८ पुस ।उखु किसानलाई भुक्तानी दिलाउनुपर्ने राजनीतिक दलका नेताहरु उद्योगीको पक्षमा लागेका घट्नाहरु उजागर हुँदै गएको छ । किसानको पक्षमा केहि नबोल्ने नेताहरु भने उद्योगीलाई बचाउन र संरक्षण दिन लागिपरेका छन् । सर्लाहीको गोडैता नगरपालिका ६ स्थित महालक्ष्मी चिनी उद्योगले किसानको भुक्तानी नगरेको सन्दर्भमा बिहीबार किसान उद्योगमै जम्मा भए । आफ्नो रकम नदिएसम्म […]

सिबेन्द्र रोहिता जनकपुरधाम,१७ पुष । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक बिधालय यदुकुहाका ३६ छात्र–छात्रा नेपाली सेनाबाट प्रशिक्षणका लागि मोरङ पुगेका छन् । उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा दुई दिन अगाडी मोरङ पुगेर एनसिसि तालिम लिदैछन् । उनीहरुलाई सेनाले २२ दिन प्रशिक्षण […]

मनोज बनैता लाहान, १५ पुस । लाहान नगरपालिका वडा. १६ मा पर्ने तरेगना गाउँमा एकजना कथित दलित समाजकी नाबालिक केटी उपर जबर्जस्ती बलात्कारको प्रयास भएको खबर प्राप्त भएको छ । बलात्कारको प्रयास गर्ने क्रममा प्रतिकार गर्दा पीडित लगायत जम्मा ३ जना महिला घायल भएका छन । पीडित सुनिता साफी (नाम परिवर्तन) को बुवा सन्जिव साफी […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,१३ पुस।सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार […]

न्यूजमधेश समाचारदाता कोहलपुर ,१३ पुस। बजारमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याज महंगो हुन पुगेको छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो २ […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,१२ पुस।महिला तथा बालबालिकाहरुको पहलमा ५४ औं हप्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । महिला सरसफाई अभियानी रुवि झालगायतको सरसफाई अभियानीहरुको सक्रियतामा साप्ताहिक सरसफाई अन्तर्गत शनिवार जनकपुरको पिडारीचोक स्थित रहेको गोरधोई पोखरी र पोखरीको वरिपरिलाई सरसफाई गरिएको छ । रेलवे ट्रैक सरसफाई अभियानको ५४ औं हप्ता शनिबार पिडारीचोकस्थित गोरधोई पोखरी र पोखरीको वरिपरि […]