जनकपुरधाम ,१२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्योगी व्यवसायीहरुको समस्याप्रती मधेश सरकार गम्भीर रहेको बताए । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन गर्दै मुख्यमन्त्री सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताएका छन् । मुख्यमन्त्री सिंहले, ‘आफू पनि सप्तरीमा उद्योग वाणिज्य संघको सदस्य रहेकोले व्यवसायीहरुको समस्या बुझेको छु।’ उनले […]
जनकपुरधाम,१२ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुपोषणमुक्त प्रदेश बनाउन मधेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए। शुक्रवार वर्ल्ड भिजन नेपालले जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ‘इनफ’ अभियानको मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए। उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको […]
जनकपुरधाम,११ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गरेका छन् । शुक्रबार एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा अवस्थित पोषण पुन:स्थापना केन्द्रको दुईकोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गरेका हुन् । वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा […]
जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गर्न सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जर्मन नागरिक आदेश सेरिलमेजसँग भेटघाट गरेका छन् । जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेको छ । कृषिमा आत्मनिर्भर मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनी मुख्यमन्त्रीसँग भेटघाट गरेका हुन् । नेपालमा रहेको प्लेटा नेपाल नामक […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले योगले निरोगी बनाउने भन्दै योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताएका छन् । दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जले बुधबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् । उनले नागरिक स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने बताए । योगलाई अभियानकै […]
राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेको छ । सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक करोडभन्दा बढी लागतमा निर्मित धर्मशालाको आज मुख्यमन्त्री सिंहले उद्घाटन गरेको हो । मन्दिर समितिका सदस्य विनोदकुमार रजकले धर्मशाला निर्माणकार्यमा विभिन्न सरकारी निकायको आर्थिक सहयोग रहेको जानकारी […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज शनिबार अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न लागेको छ । मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले प्रदेश सभाको बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेश सरकारले […]