काठमाडौं । सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ […]
कैलाली । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी उनले माओवादीले गरेको जनयुद्धतर्फ सङ्केत यस्तो बताएका हुन् । ‘यहाँहरूले हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ, त्यो कस्तो अधिकार हो हाम्रो ?’, उनको प्रश्न थियो […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं हिरासतमा पुगेर छुटाएका छन् । आज माइतीघर सांस्कृतिक प्रदर्शन गर्न खोज्दा पार्टी अध्यक्ष डा.सीके राउत,संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह,उपभोक्ता समितिका सभापति अब्दुल खानसहित ५३ जना नेताकार्यकर्ताहरु पक्राउ परेका थिए। गृहमन्त्रीको रोहबरमा हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले राज्यले आफूहरुमाथि विभेद […]
राजविराज ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् । प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक […]
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो। फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए। उद्योग तथा वाणिज्य र श्रम […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्व जनमत पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले शासकीय सुधार रिपोर्टमा प्रथम स्थान ल्याएकी छिन् । संघीय सरकारको पहिलो चौमासिक कार्य सम्पादन मुल्यांकन अनुसार जनमतबाट मन्त्री बनेका अनिताले शासकीय सुधार रिपोर्ट कार्डमा पहिलो स्थान प्राप्त गरेकी हुन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वार्षिक योजना २०८०/८१ का […]
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा […]
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् । अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् । भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई […]