०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

कमला नदि

कमला नदीको पुलको पक्षिमपट्टिको तेस्रो पिलर पनि भासियो

न्यूजमधेश डेस्क जनकपुरधाम,३ कार्तिक । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ । दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको पक्षिमपट्टिको तेस्रो पिलर दुईवटा स्पान पनि करिब १.५ फिट तल भासिएको हो । बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ श्रावण । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको किर्थपुरस्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् संघिय सांसद उमाशंकर अरगरियाले कमला नदी तटबन्धको निरीक्षण गरेका छन् । सोमबार  सांसद अरगरियाले कमला नदि तटबन्धको निरीक्षण गर्न  रामघाट जानुभएको थियो  ।त्यसैगरी  हथामुंडा , लक्कर ,टरीया हुदै सघरासम्मको तटबन्ध निरीक्षण गरेका हुन्। सो निरीक्षणमा कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि ई महेश […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२७ मंसिर।धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक हजारौं सर्वसधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् । कमला नदीको पुर्वतिर सिरहाको सारश्वर र पश्चिमतीर धनुषाको सुखठोर टोल पर्छ । अतिव्यस्त सडक भएपनि कमला नदीमा पुल नहुँदा सर्वसधारण डुङ्गा चढेर ओहोरदोहोर गर्छन् ।डुङ्गामा एक जनालाई पार गर्न घटवार (डुङ्गा चलाउने)ले ५० रुपैया […]