११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

सिरहा नगरपालिका

सिरहामा व्यक्तिगत जग्गामा वडाध्यक्ष जागेश्वरले बलपूर्वक सडक बनाए

सिरहा । सिरहा नगरपालिका-५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसिसी ढलान गरेको स्थानीयले आरोप लगाएको छ। स्थानीय सुकदेव कुसियतले आफ्नो निजि जग्गामा वडाध्यक्षले बलपूर्वक प्रहरी लगाएर सडक बनाएर ढलान गरेको दुखेसो पोखेका छन् । सडक बनाउन लागेपछि आफुलाई कसैले नसोधीकन वडाध्यक्ष यादवले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि जबर्जस्ती बलपूर्वक प्रहरी लगाएर […]

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

न्यूजमधेश डेस्क सिरहा,१८ जेष्ठ। सिरहा नगरपालिकाका मेयर डा.नविन कुमार यादवले फोहरमैला व्यवस्थापन गर्न निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमन गरेको छ । मेयर डा.यादवले सिरहा नगरपाइका-२ छोटकिटोल नजिकै रहेको छबकी पोखरी, कोइला स्थान र महदैया क्षेत्रको निरक्षण गरेका छन् । नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्दै त्यसवाट प्रारङिक मलको उत्पादन र अन्य व्यवस्थापनमा जोड दिन प्रमुख प्रशासकीय […]

न्यूजमधेश डेस्क सिरहा,८ श्रावण । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ । नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट […]

सोम दियाली जनकपुरधाम,१६ जेष्ठ ।अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको बजेटमा धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट जनकपुरधाम उपमहानरपालिकाले पाएको छ । घोषित बजेट अनुसार जनकपुरधाम उपमहानगरपालिकाका लागि ९० करोड ८० लाख बजेट छुट्याइएको छ । जुन प्रदेश २ का तीन उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै हो । प्रदेश २ को कलैया उपमहानगरपालिकाले ८१ करोड ८८ लाख […]